बैङकर रविना देशराजका छोरा आयुष्मान देशराज जोशीले प्रदर्शनरत फिल्म ‘चपली हाईट २’ बाट नेपाली फिल्ममा डेव्यु गरेका छन् । आयुष्मानले डेव्यु फिल्मबाटै दर्शकको मन जितेका छन्, त्यो पनि विशेष गरी युवतीहरुको ।

ayushman-with-his-fan1

शुक्रबारको नियमित शोमा निर्देशक दिपेन्द्र के खनाल र निर्माता अर्जुन कुमारले कलाकार तथा सञ्चारकर्मीलाई सुन्धाराको सिभिल मलमा ‘चपली हाईट २’ देखाएका थिए । भरिभराउ दर्शकमाझ फिल्मका नायक आयुष्मान विशेष ‘नोटिस’ भए । फिल्म सुरु हुनुपुर्व विशेष गरी युवती दर्शकले उनीसँग फोटो र सेल्फी लिए ।

ayushman-with-his-fan2

फिल्म सकिएपछि पनि आयुष्मानलाई लेडी फ्यानले खोजेका थिए । तर, कारणवश आयुष्मान शो सुरु भएपछि हलबाट बाहिरिएका थिए । सस्पेन्स थ्रीलको कथामा आयुष्मानले आफ्नो भूमिकालाई न्याय गरेका छन् । उनको अपोजिटमा नायिका मरिस्का पोखरेल र परमिता राज्यलक्ष्मी शाह छिन् ।

chapali-height2-special-show

ayushman-mariksa-paramita

For More videos Log on to Mazzako TV