Dayahang And Priyanka 1

‘झोले’, ‘हाउ फन्नी’, ‘लालटिन’ र ‘पुरानो डुङ्गा’ मा सँगै काम गरेका अभिनेता दयाहाङ राई र नायिका प्रियंका कार्कीले निकट भविष्यमा प्रोडक्सन हाउस खोलेर फिल्म निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । उनीहरुको यस प्रकारको निकटतालाई लिएर बेलाबेलामा गसिप समेत बन्ने गर्दछ । हट नायिकासँग आफ्नो नाम जोडिंदा दयाहाङ आफैलाई चाहिं कस्तो लाग्छ त ? मज्जाको टिभीसँगको कुराकानीमा दयाहाङले प्रियंकासँगको सम्बन्धको बारेमा आफ्नो भनाई राखेका छन् । भिडियो हेर्नुस् :

दया भन्छन्, ‘रिस चाहिं उठ्दो रहेछ । एक किसिमको सम्बन्ध हुँदा अर्को किसिमको कुरा आउँदा रिस त स्वभाविक रुपमा उठि हाल्छ ।’ दया अभिनित पछिल्लो फिल्म ‘वीर विक्रम’ प्रदर्शनरत छ ।

For More videos Log on to Mazzako TV