बैशाखीमा अनुपविक्रम : फिल्ममा के हुन्, हिरो कि भिलेन ?
कलाकार अनुपविक्रम शाही केही साता अघि दुर्घटनामा परेका थिए । सोही कारण उनी बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम’ को प्रचार प्रसारमा सक्रिय रुपमा सहभागी हुन पाएनन् । तर फिल्मको प्रियिमरमा भने उनी बैशाखीमा भएपनि सहभाग भए । आफ्नो टिमसँग बसेर उनले पूरै फिल्म हेरे ।
बाईक दुर्घटनामा परी अनुपको दायाँ खुट्टा ‘फ्याक्चर’ भएको छ । ‘भर्खरै हो प्लास्टर निकालेको त्यसैले अलि हिड्न हुने भएको छ’ प्रिमियरमा अनुप भन्दै थिए । फ्याक्चर भएको खुट्टाबाट पिडा पाइरहेका अनुपले फिल्म ‘वीर विक्रम’ बाट भने खुसीको राहत पाए ।
विक्रमको भूमिकामा प्रस्तुत भएका अनुपले प्रिमियरमा आफ्नो भूमिकाबाट मिठो प्रतिक्रिया पाए । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ मा अनुपसँगै दयाहाङ राई, दिया पुन, अर्पन थापा, नाजिर हुसेन लगायत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । शिर्ष भूमिका निभाएका अनुपविक्रम को हुन्, हिरो या भिलेन ? यो जान्न पूरा फिल्म नै हेर्नुपर्ला ।
For More videos Log on to Mazzako TV