फिल्म ‘सकुन्तला’ पनि बिहिबार नै प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्देशक दिनेश श्रेष्ठले आफ्नो फिल्म भदौ ९ गतेबाटै प्रदर्शनमा आउने जानकारी दिए । ‘हामी पनि बिदा खाउँ न’ निर्देशक श्रेष्ठले भने । भदौ ९ गते कृष्णजन्माष्टमी पर्न आउँछ । सुरुमा ‘सकुन्तला’ को प्रदर्शनमा मिति भदौ १० लाई तोकिएको थियो ।

rajesh-hamal-sakuntala

महेश्वर खत्री निर्मित फिल्म ‘सकुन्तला’ मा महानायक राजेश हमाल नारी अवतारमा प्रस्तुत भएका छन् । राजेशसँगै फिल्ममा किशोर खतिवडा, अनु शाह र स्मृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । फिल्मले नारी संवेदनाको कथा बोल्छ । फिल्म ‘चपली हाईट २’ र ‘वीर विक्रम’ भदौ २ गते बिहिबार प्रदर्शनमा आएपछि ‘सकुन्तला’ पनि एक दिन अघि सरेको हो । महानायक हमालसँग गरिएको मज्जाको गफगाफ हेर्नस् :

For More videos Log on to Mazzako TV