अन्ततः बिहिबार, जनैपूर्णिमाबाटै दुई फिल्महरु ‘वीर विक्रम’ र ‘चपली हाईट २’ प्रदर्शनमा आएका छन् । भदौ ३ गतेदेखि प्रदर्शनमा आउने भनी पुर्व प्रचार प्रसारकाबिच यी दुई फिल्महरु एक दिन अगाडीदेखि प्रदर्शनमा आएका हुन् ।

dayahang-rai-diya-pun-ayushman-paramita

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चपली हाईट २’ मा नव कलाकारहरु आयुष्मान जोशी र परमिताराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । नायिका मरिस्का पोखरेल पनि फिल्मकी मुख्य पात्र हुन् । हिट फिल्म ‘चपली हाईट’ को सिक्वेललाई अर्जुन कुमारले निर्देशन गरेका हुन् । फिल्मले आधुनिक युवा पुस्ताको दैनिक बोल्छ । ‘चपली हाईट २’ को प्रोमो हेर्नुस् :

यस्तै मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ मल्टीस्टारर फिल्म हो । फिल्ममा दयाहाङ राई, नव नायिका दिया पुन, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन, शिशिर राणा लगायतको अभिनय रहेको छ । बिहिबार गरिएको प्रिमियर शोमा ‘विर विक्रम’ लाई रुचाइएको छ । फिल्मले ग्रामिण भेगका दुई साथीको मित्रता र प्रेमको कथा बोल्छ । ‘वीर विक्रम’ को प्रोमो हेर्नुस् :

चलचित्र विकास वोर्ड र निर्माता संघको अवरोधका विच ‘चपली हाईट २’ र ‘वीर विक्रम’ बिहिबारदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शन अगाडी प्रतिक्षामा रहेका यी दुई फिल्महरुको व्यापार चाहिं कस्तो होला त ?

For More videos Log on to Mazzako TV