तीन तस्बिरमा हेर्नुस् बिरामी केकीलाई
अभिनेता रमेश उप्रेतीले निर्माण गर्ने फिल्म ‘ऐश्वर्य’ मा नायिका केकी अधिकारी अनुबन्धित भएकी छिन् । यस फिल्मका लागि केकीले निकै नै मिहेनत गरिरहेकी छिन् । ‘ऐश्वर्य’ कै लागि भनेर केकीले यतिबेला आफ्नो वजन घटाइरहेकी छिन् । केकीका अनुसार फिल्मका लागि उनले दश केजी वजन कम गर्नुपर्नेछ ।
विगत एक महिनादेखिको शारिरिक अभ्यासबाट केकीले पाँच केजी वजन कम गरिसकेकी छिन्, अब पाँच केजी मात्रै वजन उनले कम गर्नुपर्नेछ । हेभी एक्र्ससाइजका कारण केकी बिरामी समेत परेकी छिन् ।
बिरामी शरिर लिएर केकी गत शनिबार पोखरामा सम्पन्न डिसिने अवार्डमा पुगेकी थिइन् । फिल्म ‘फन्को’ बाट क्रिटिक्स तर्फको अवार्ड पाएकी बिरामी केकीको हामीले तीन तस्बिरलाई यहाँ प्रस्तुत गरेका छौं । तस्बिरहरु : उत्सब रसाईली