महानायक राजेश हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्म ‘सकुन्तला’ भदौ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिएसँगै फिल्म युनिटले यसको प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ ।

sakuntala-team

गत साता निर्देशक दिनेश श्रेष्ठ, निर्माता महेश्वर खत्री र नायिका स्मृति श्रेष्ठले ‘सकुन्तला’ विषयमा मिडियासँग अन्र्तक्रिया गरे । किन हेर्नुपर्छ त महानायक हमाल नारी भेषमा प्रस्तुत भएको फिल्म ? निर्देशक श्रेष्ठले तीन कारण प्रस्तुत गरेका छन् ।

१.पहिलो कुरा त महानायकको गेटअपकै कारण पनि दर्शकले ‘सकुन्तला’ हेर्नुपर्छ । महानायकको गेटअप धेरै दर्शकलाई उत्साहित बनाएको छ भन्ने मलाई लागेको छ ।

२. दोश्रो कुरा हाम्रो मिहिनतेलाई हेर्न हलमा आउनुस् । दर्शकलाई चाहिने सबै कुरा हामीले फिल्ममा पस्केका छौं ।

३.तेश्रो कुरा यसको गीत संगीत पक्ष राम्रो छ । जसले चर्चा पनि पाइरहेको छ । तीज गीत खिच्दा महानायक हमालसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV