सुन्दर नगरी पोखरामा गत शानिबार आठौं संस्करणको डि सिने अवार्ड सम्पन्न भयो । दर्जन बढी कलाकर्मी उक्त अवार्ड समारोहमा सहभागी हुन राजधानीदेखि त्यहाँ पुगेका थिए । अझ सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सहभागीताले सुन्दर नगरी पोखरा थप सुन्दर बन्न पुगेको थियो आभाष हुन्थ्यो ।

karishma-manandhar1

वनारसी सारीमा अवार्ड समारोहमा सहभागी भएकी करिश्माले सबैको ध्यान आफुतिर आकृष्ट गर्न सफल भइन् । वनारसी सारीमा झमक्क गरगहना लगाएकी करिश्मा साँच्चै सुन्दरी देखिएकी थिइन् । छाँयाछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मानित भएकी करिश्माका केही सुन्दर तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिरहरु : उत्सब रसाईली

karishma-manandhar

karishma-tenju

करिश्माका मेकअप पर्सन तेञ्जु ।

For More videos Log on to Mazzako TV