रोज राणामाथि दुई अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार
निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । आज सोमबार बेलुकी काठमाण्डौको मध्य बाँनेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कूल अगाडि उनमाथि २ जना अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।
टाउकोमा ताकेर हानिएको खुकुरीलाई हातले छेक्दा उनको हातमा गम्भिर चोट लाग्न पुगेको छ । उनको हाल काठमाण्डौस्थित ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजको अवस्था अहिले कस्तो छ भन्ने खुलेको छैन । उनका आफन्त, फिल्मकर्मी र सञ्चारकर्मी ग्रान्डी पुगेका छन् । रोजले निर्माण तथा निर्देशन गरेको फिल्म ‘जय परशुराम’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।
For More videos Log on to Mazzako TV