रेखा थापाले गाएको ‘माँ कसम’ गीत रिलिज : बाबुरामले रजनीलाई देखाए यस्तो घुर्की
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’ को नयाँ रोमान्टिक गीति भिडियो रिलिज भएको छ, जहाँ नायिका रेखा थापाले समेत स्वर दिएकी छिन् ।
थानेश्वर गौतमले संगीत दिएको ‘माँ कसम’ बोलको गीतमा रेखासँगै प्रल्हाद तिमल्सिनाले स्वर दिएका छन् । शब्द भने निर्देशक तथा निर्माता सुवेदीकै रहेको छ । भिडियोमा नायिका रजनी केसी र ज्योती काफ्ले ‘नक्कली बाबुराम’ फिचरिङ छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । कमेडी जनराको फिल्म ‘लालजोडी’ भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीतको भिडियो हेर्नुस् :