फिल्म ‘गाँठो’ ले देशव्यापी पेन्टिङ प्रतिस्पर्धाको घोषणा गरेका छ । यसअघि गीतको भिडियो प्रतिस्पर्धा घोषणा गरिसकेको फिल्म ‘गाँठो’ ले स्कूल, कलेज र खुल्ला गरी तीन तहमा चित्रकला प्रतियोगीता घोषणा गरेको हो ।

gatho-art-compitition

कार्टुनिस्ट वात्सायनको प्रमुख आतिथ्यतामा बिहिबार पोखरामा ‘गाँठो’ ले यस प्रकारको प्रतियोगीताको घोषणा गरेको हो । कार्यक्रममा प्रमुख अतिथिले खुला क्षेत्रबाट पनि विरलै हुने पेन्टिङ्ग प्रतिस्पर्धा फिल्म जस्तो कर्मसियल विधाका मान्छेहरुले गर्नु भनेको सहरानिय कार्य रहेको बताए । यता निर्देशक सुरज भुषालले फिल्मको थिम नै पेन्टिङ्ग भएको र आफूले लेखन र निर्देशन गर्दा धेरै फाइन आर्ट कलाकारसँग संगत गरेको र आफूलाई पनि केही गर्न मन लागेकोले यो प्रतियोगीता आयोजना गरेको बताए । यस्तै कलाकार नाजिर हुसेनले सुटिङ्ग भएको स्थल पोखरामै यस प्रकारका प्रतिस्पर्धा हुन लाग्दा आफुलाई खुसी लागेको बताए ।

najir-husen

चित्रकला प्रतियोगीताका विजेताले क्रमशः पचास, पैतिस र पच्चीस हजार पाउनेछन् । नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बरालको मुख्य अभिनय रहेको फिल्म ‘गाँठो’ भाद्र ३१ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

For More videos Log on to Mazzako TV