कानुनी लडाईंकाबिच ८० हलबाट विराजको ‘जय परशुराम’ रिलिज
कानुनी लडाईंकाबिच विराज भट्ट स्टारर फिल्म ‘जय परशुराम’ शुक्रबार साउन २८ गतेदेखि प्रदर्शनमा आएको छ । काठमाण्डू र मोफसल गरी करिब ८० वटा हलहरुबाट आफ्नो फिल्म प्रदर्शनमा आएको निर्माता तथा निर्देशक रोज राणाले बताए ।
यद्पी ‘जय परशुराम’ रिलिज नगर्न अदालतले आदेश दिएको थियो । अर्को फिल्म ‘परशुराम’ सँग नाम मिलेको भन्दै उक्त फिल्मका निर्देशक नवराज घिमिरेले दिएको मुद्धा उपर फैसला गर्दै पुनरावेदन अदालत पाटनले प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । ‘जय परशुराम’ निर्माण व्यानर रेदाअंश फिल्मस् सिने आर्ट्स’ लाई विपक्षी बनाई प्रतिलिपी अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रर्दशन, प्रदार प्रसार र वितरण रोक्न अन्तरिक आदेश दिएको हो । अदालतको निर्णय जे भएपनि रोजले फिल्म प्रदर्शनमा ल्याएका छन् ।
पाँच वर्ष पछि विराजले अभिनय गरेको पहिलो नेपाली ‘जय परशुराम’ प्रदर्शनमा आएको हो भन रोजले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । एक्सन फिल्म ‘जय परशुराम’ मा विराजसँगै नायिका निशा अधिकारी, कलाकारहरु रविन तामाङ, प्रज्वल गिरी लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV