विकसित देशमा फेसन अवार्ड नौलो नभए पनि नेपालमा भने पहिलो पटक फेशनलाई लिएर आवर्ड आयोजना हुने भएको छ । सेक्टेम्वर १७ तारिखमा हुने कार्यक्रममा चर्चित नेपाली १० मोडलहरुले एक सय जनाबाट उत्कृष्ट मानिएका १० जना डिजाईनरको डिजाइनमा पाँच फरक फरक पहिरण प्रस्तुत गर्नेछन् ।

fashion-award1.docxबिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईनबाट सेवा दिदै आएको क्लोथ नेपालले पहिलो पटक नेपाली डिजाइनरहरु लाई अवसर दिदैं फेशन अवार्ड आयोजना गर्न लागेको हो । उक्त अवार्ड बारे जानकारी दिन बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली डिजाइनर विश्व गौतमले नेपाली फेशन डिजाईनरका लागी यो अत्यन्त महत्वपूर्ण अवसर भएको बताउँदै नेपाली डिजाइनले विश्व बजार पाउन सम्भावनाको ढोका खुलेको बताए । आयोजक संस्था क्लोथ नेपालका प्रमुख रधु थापाले नेपाली डिजाइनर डिजाइनलाई विश्व बजारमा पुर्यउन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

fashion-award

अवार्डमा बिपिन गुरुङले कारियोग्राफी गर्नेछन् । नेपालमा यस अघि डिनाइनरहरुबिच प्रतिस्पर्धात्मक कार्यक्रम भए पनि अवार्डकै रुपमा आयोजना हुन लागेको भने यो नै पहिलो पटक हो ।

For More videos Log on to Mazzako TV