बिमल सहित अब्बल युवालाई ‘बिजुली मेसिन’ को सम्मान
आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने परिकल्पनालाई मुख्य कथा बनाइएको फिल्म ‘बिजुली मेसिन’ भदौ ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति र ट्रेलर सार्वजनिक गर्दै बुधबार ‘बिजुली मेसिन’ निर्माण पक्षले विभिन्न क्षेत्रका अब्बल युवाहरुलाई सम्मान समेत गर्यो ।
पुर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजाल र काङ्ग्रेस युवा नेता गगन थापाले युवा खेलाडी बिमल घर्तीमगर, उद्यामी प्रशन्न बस्नेत, नव निर्वाचित निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, यस्तै सञ्जय पण्डित, रमेश सिलवाल लगायतलाईसम्मान गरे । कार्यक्रममा बोल्दै नेताद्वाय रिजाल र थापाले नयाँ विषयवस्तु बनेको फिल्मले दर्शकको मन जित्ने बताए । फिल्मका लेखक तथा निर्देशक नविन अवालले पनि दर्शकले नयाँ विषयवस्तु खोजिरहेको बताउँदै फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
यता निर्माता मध्येका एक संजिव न्यौपानेले भने फिल्मको लगानी प्रचार प्रसार सहित एक करोड पुग्ने दाबी गरे । उनले भने, ‘हामीले नाकाबन्दीमा सुटिङ गरेका थियौं । फिल्मको प्राविधिक पक्ष पनि उत्कृष्ट छ । त्यसैले फिल्मको बजेट बढ्न गयो ।’ महानायक राजेश हमाल विशेष भूमिकामा प्रस्तुत भएको फिल्म ‘बिजुली मेसिन’ मा अभिषेक सुवेदी, जीवन अधिकारी, रलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV