‘छक्का पञ्जा’ ट्रेलरले राख्यो युट्युवमा नयाँ रेकर्ड
दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’ को ट्रेलरले युट्युवमा अपलोड भएको २४ घन्टामा १ लाख ३० हजार बढी भ्युअर्स पाएको छ । कुनै पनि नेपाली फिल्मको ट्रेलर, टिजर तथा गीतलाई यति धेरै पटक हेरिएको सम्भवतः पहिलो पटक हो । अनमोलको ‘ड्रिम्स’ ट्रेलरले बनाएको रेकर्ड लाई ‘लुट २’ को टिजरले तोडेको थियो । निश्चल बस्नेत निर्देशित फिल्मको टिजरलाई २४ घण्टामा एक लाखले हेरेका थिए । ‘छक्का पञ्जा’ को ट्रेलर हेर्नुस् :
दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा गैंडाले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’ भदौ २४ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्ममा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायतको अभिनय रहेको छ । ट्रेलरप्रति दर्शकले देखाएको उत्साहले आफुलाई खुसी दिएको निर्माता तथा निर्देशक दिपाश्रीले बताइन् ।
For More videos Log on to Mazzako TV