भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम’ प्रचारका लागि नायिका दिया पुन नेपाल आएकी छिन् । लण्डनमा बस्दै आएकी दिया बुधबार बिहान आफ्नी आमासँग नेपाल आएकी हुन् । निर्देशक मिलन चाम्स दियालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

diya-pun-mother

मिडियाँसग कुरा गर्दै दियाले ‘वीर विक्रम’ बाट निकै आशावादी रहेको बताइन् । फिल्मकी सोलो नायिका पुनले भनिन्, ‘पहिलो फिल्म हो निकै नै उत्साहित छु । दर्शकले मन मराउने विश्वास छ ।’ ‘वीर विक्रम’ राम्रो बनेको भन्दै दियाले सबै दर्शकलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् ।

diya-milan

यता निर्देशक मिलन चाम्स पनि हिरोइनको आगमनसँगै उत्साहित देखिए । उनले भने, ‘हिरोइन आइन अब व्यापक हुन्छ ।’ फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतको अभिनय रहेको छ । ‘वीर विक्रम’ को गीत र ट्रेलरले यतिबेला चर्चा पाइरहेको छ ।

milan-chams-diya-pun

diya-pun-landed-in-nepal

For More videos Log on to Mazzako TV