हाँस्य व्याङ्ग्य कलाकारको टिमले बनाएको प्रतिक्षित तेश्रो फिल्म ‘छक्का पञ्जा’ को पहिलो अफिसियल पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य ६ जना पात्रहरु दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामाङ प्रस्तुत छन् । पोस्टर हेर्नुस् यस्तो छ :

chhaka-panja-posterआइडियल डिजाइनका सुन्दर श्रेष्ठले ‘छक्का पञ्जा’ को पोस्टर डिजाइन गरेका हुन् । मल्टिप्लेक्समा राखिने पपकर्नको बक्समा कलाकारहरुको टाउकोलाई राखिएको छ । तपाईंलाई पोस्टर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुस् ।  दिपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ भदौ २४ गतेदेखि पू्रदर्शनमा आउँदैछ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र बर्षा सिवाकोटीको पनि अभिनय रहेको छ । फिल्म ‘देख न चम्पा’ बोलको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV