रेखा थापा, आयुव केसी र कामेश्वर चौंरसिया स्टारर फिल्म ‘पलाँस’ को टिजरले यतिबेला प्रशंसा बटुलिरहेको छ । कृषा चौंलागाईं निर्मित नारी प्रधान फिल्ममा रेखा थापाको भिन्न अवतारको प्रशंसा भैरहेको छ । टिजरबाटै सुवास कोइराला निर्देशित फिल्मले आशा देखाएको छ ।

aayub-kc फिल्मको टिजरबाट नायक आयुव केसीले पनि भिन्न भिन्न खाले प्रतिक्रिया पाइरहेका छन् । ‘छोटो भएपनि मिठो देखिएको छ भन्ने प्रतिक्रिया आएको छ’ टिजरबाट आएको प्रतिक्रिाबारे मज्जाको अनालाइन डटकमसँग आयुवले भने, ‘धेरैले आमिर खान जस्तो देखियो पनि भन्नु भएको छ ।’ बलिउडका मिस्टर सुपरस्टारसँग दाँज्दा खुसी नहुने त कुरै भएन । आयुव पनि दंग छन् । अझ आफ्ना आइडियलसँग दाँज्दा उनलाई झनै खुसी लागिरहेको छ रे । भन्छन्, ‘म आमिर खानको म डाइहार्ट फ्यान हुँ । उहाँ जस्तै देखियो भन्दा त खुसी नलाग्ने कुरै भएन ।’

aayub-krishaकतै तपाईको भूमिका पनि कुनै आमिरको फिल्मबाट लिइएको त छैन ? निर्माता कृषा चौलागाईंले हतारिदैं भनिन्, ‘त्यो त फिल्म नै हेर्नुपर्छ । दिपावलीसँग पर्खनुस् ।’ टिजर हेर्नुस् : 

For More videos Log on to Mazzako TV