दीपक र दिपाले थाले ‘छक्का पञ्जा’ मोफसल प्रचार
दीपकराज गिरी र दिपाश्री निरौलाले फिल्म ‘छक्का पञ्जा’ को मोफसल प्रचार सुरु गरेका छन् । उनीहरुले पुर्वेली दर्शकहरुलाई लक्षित गर्दै प्रचार सुरु गरेका हुन् ।
आइतबार दीपक र दिपाले विर्तामोड र दमकका मिडियासँग फिल्मबारे भलाकुसारी गरे । पुर्वेली दर्शकमाझ चाहिं कस्तो छ त ‘छक्का पञ्जा’ को क्रेज ? दीपाश्रीले भनिन्, ‘एकदमै राम्रो पाएँ । अझ पुर्वको चेलीको निर्देशन भएकाले पनि यहाँका दर्शकहरु बढी उत्साहित हुनुभएको रहेछ ।’ यस्तै उनले फिल्मको गीत पुर्व पश्चिम रेल पनि त्यहाँका दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय रहेको सुनाइन् । दीपक र दिपासँग गरिएको मज्जाको गफ हेर्नुस् :
दिपाश्रीले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ मा दीपकराज, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । भदौ २४ देखि अल नेपाल प्रदर्शनमा आउने फिल्मको यसै साता ट्रेलर लञ्च हुँदैछ ।
For More videos Log on to Mazzako TV