‘सफर’ को कहानी जस्तै सञ्जयको जीवनी (मज्जाको भिडियो)
सञ्चारकर्मी सञ्जय गुप्ता फिल्मका नायक भएका छन् । उनले अभिनय गरेको फिल्म ‘सफर’ को प्रोमो रिलिज भएको छ, जसलाई रुचाइएको पनि छ । अमेरिकामा छायाँकन गरिएको उनी अभिनित फिल्म असोज १४ गते प्रदर्शनमा आउँदैछ । फिल्म प्रचारका लागि सञ्जय यतिबेला अमेरिकामै छन् । मज्जाको टिभीले उनीसँग मज्जाको गफगाफ गरेको छ । भिडियो हेर्नुस् :
मज्जाको टिभीसँग कुरा गर्दै सञ्जयले आफ्नो वास्तविक जीन्दगी र ‘सफर’ को कहानी नब्बे प्रतिशत मिल्ने बताएका छन् । सञ्जय भन्छन्, ‘फिल्ममा लभ, रोमान्स, फन्नी, मज्जा सबै छ । ममा पनि यी सबै कुरा छ ।’
For More videos Log on to Mazzako TV