फिल्म ‘दर्पण छाँया २’ को सम्पूर्ण छायाँकन सकिएको छ । तुलसी घिमिरेको निर्माण तथा निर्देशन रहेको यो फिल्मको शनिबार राजधानीको धापासीस्थित एक घरमा ईन्डक्ल्याप गरियो । काठमाण्डू, भक्तपुर, ईलाम, कालिङपोङ, दार्जिलिङ गरी फिल्म खिच्न ४५ दिन लागेको थियो ।

tulsi-ghimire-puspal-sahara

सुपरहिट फिल्म ‘दर्पण छाँया’ को सिरिजमा नव नायक पुष्पल खड्का र नव नायिका साहारा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । निर्देशक घिमिरेले नव कलाकारको कामको प्रशंसा गरे । उनले भने, ‘नयाँ भाई बहिनीले राम्रो गर्नु भएको छ । म उहाँहरुको कामबाट सन्तुष्ट छु ।’ यता नव कलाकारद्वायले पनि फिल्मको सुटिङ रमाइलोसँग सकिएको बताए ।

puspal-sahara

मोडलिङमा स्थापित पुष्पल खड्काले आफ्नो पहिलो फिल्म सुटिङको अनुभव बारे भने, ‘मलाई त फिल्मको सुटिङ पिकनिक गए जस्तो लाग्यो । राम्रो गर्ने प्रयास गरेको छु ।’ यता आजै (आइतबार) अमेरिका उड्न लागेकी नव नायिका साहारले पनि फिल्मको सुटिङ मज्जासँग सकिएको बताइन् ।

darpan-chhaya2-team

उनले भनिन्, ‘राम्रो गर्ने कोशिस गरेको छु । दर्शकले मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’ फिल्ममा श्रद्धा प्रसाईंको पनि अभिनय छ । रामेश्वर कार्की फिल्मका छायाँकार हुन् । माघको दोश्रो सातादेखि ‘दर्पण छाँया २’ लाई प्रदर्शनमा ल्याउने निर्देशक घिमिरेले बताए ।

For More videos Log on to Mazzako TV