‘चपली हाईट २’ ले सेन्सरबाट यस्तो पायो पत्र
फिल्म ‘चपली हाईट २’ सेन्सर पास भएको छ । आधुनिक युवा पुस्ताको कथा वस्तुलाई प्रस्तुत गरिएको यो फिल्मलाई सेन्सर सदस्यले पिजी अर्थात् १६ वर्ष भन्दा मुनिका बालबालिकालाई अभिभावकको साथ हेर्नुपर्ने गरी प्रमाण पत्र उपलब्ध गराएका हुन् । आखिर फिल्मको कुन पक्षले गर्दा फिल्मले पिजी प्रमाण पत्र पायो त ?
निर्देशक दिपेन्द्र के.खनालले भने, ‘कुनै पक्ष भन्दा पनि पुरा फिल्मले पिजी प्रमाण पत्र पाएको हो । कुन पक्ष भन्ने बुझ्न चाहिं पुरै फिल्म नै हेर्नुपर्छ ।’ अर्जुन कुमारको निर्माण रहेको फिल्ममा नव अनुहार आयुष्मान जोशी र परमिताराज्य लक्ष्मी राणा र नायिका मरिस्का पोखरेलको अभिनय छ । फिल्म भदौ २ गते मोफसल र ३ गते काठमाण्डौंमा प्रदर्शन हुनेछ । ‘चपली हाईट २’ टिमसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :








