दयाहाङको काँधमा ‘विर विक्रम’ : के होला रिजल्ट ?
दयाहाङ राई अहिलेका व्यस्त अभिनेता हुन् । छायाँकन र प्रदर्शनमा दयाहाङकै फिल्महरु लाममा छन् । ब्लकबस्टर फिल्म ‘लुट २’ को छायाँकनमा व्यस्त रहेका दयाहाङ अभिनित फिल्म ‘वीर विक्रम’ भदौ ३ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । जुन फिल्मलाई दयाहाङको काँधमा राखेर हेरिएको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशक रहेको फिल्म ‘वीर विक्रम’ मा दयाहाङसँगै अन्य कलाकारहरु अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन र नव नायिका दिया पुनको पनि अभिनय छ । यद्पी दर्शक दिर्घामा भने दयाहाङको फिल्म भन्ने छ । फिल्म वृत्तमा पनि दयाको ‘वीर विक्रम’ के होला ? भन्ने एक प्रकारको चासो छ । जे होस् ‘वीर विक्रम’ को चर्चा र प्रतिक्षा छ । नव नायिका दीया पुनसँग दया नाचेको ‘सारे सारे’ बोलको गीत यतिबेला हिट भैरहेको छ । फिल्म चाहिं के होला त ?
For More videos Log on to Mazzako TV