दयाहाङ र ‘विर विक्रम’ निर्देशकलाई प्रशंसकको यस्तो उपहार
काठमाण्डौंका गणेश राई नाम गरेका एक व्यक्तिले ‘वीर विक्रम’ को ट्रेलरबाट प्रभावित भएर आफ्नै हातबाट ‘वीर विक्रम’ को पोस्टरको चित्र बनाई निर्माता तथा निर्देशक मिलन चाम्स र अभिनेता दयाहाङ राईलाई हस्तान्तरण गरेका छन् । उनी दयाहाङ राईका डाई हार्ट फ्यान हुन् । यसले अभिनेता दयाहाङको दर्शक क्रेज र फिल्म ‘विर विक्रम’ को चासो दर्शकमा छ भन्ने कुरा देखाउँछ ।
निर्माता तथा निर्देशक चाम्सले ती उपहार प्रदान गर्ने व्यक्तिलाई धन्यवाद दिदै यस किसिमको सम्मान र मायालाई सधै कदर गरि आगामी दिनहरुमा नेपाली दर्शकको हितमा फिल्म बनाउने प्रतिबद्धता जाहेर गरे । अभिनेता दयाहाङले पनि आफ्ना प्रशंसकलाई धन्यवाद दिए ।
यसअघि ‘हँसिया’ फिल्म निर्देशन गरेका मिलनको ‘विर वीक्रम’ दोश्रो निर्देशित फिल्म हो । फिल्ममा दयाहाङसँगै अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, नाजिर हुसेन लगायतको अभिनय रहेको छ । ‘विर विक्रम’ भदौ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ, जुन फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने अपेक्षा लिइएको छ ।
For More videos Log on to Mazzako TV