‘लालजोडी’ मा रजनीको जोडी को, नक्कली बाबुराम कि हैट ?
भदौ १७ मा नायिका रजनी केसी अभिनित दुई फिल्महरु ‘लालजोडी’ र ‘ब्रासलेट’ एकसाथ प्रदर्शनमा आउँदैछन् । दुई फिल्ममा रजनी फरक फरक भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्म ‘ब्रासलेट’ मा रजनी अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी छिन् भने फिल्म ‘लालजोडी’ मा उनी एक ड्रिम गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् । कमेडी फिल्ममा बुद्धि तामाङ उर्फ हैट र ज्योती काफ्ले ‘नक्कली बाबुराम’ मध्ये रजनी कसको जोडी हुन्छिन् ? त्यो सस्पेन्स नै राखिएको छ । अहिलेलाई भने कलाकार बुद्धि तामाङ ‘हैट’ सँगको तीन मज्जाका तस्बिरहरु हेरौं ।