महानायक राजेश हमालले ‘सकुन्तला’ को प्रचार प्रसारमा सक्रियता देखाएका छन् । ७५ हजार माथि फलोअर्स भएको फेसबुकबाट महानायकले फिल्मको ट्रेलर सेयर गरेका छन् । यसअघि उनले फिल्मको टिजरलाई सेयर गरेका थिएनन्, जसको आलोचना भएको थियो ।

rajesh-status

हाल अमेरिका रहेका महानायकले त्यहाँ पनि ‘सकुन्तला’ को प्रचार प्रसार गरिरहेको बुुझिएको छ । ‘सकुन्तला’ उर्फ राजेश हमाल पहिलो पटक नारी भेषमा प्रस्तुत भएका छन् । उनको यस प्रकारको अवतारलाई लिएर रजतपटमा चर्चा भैरहेको छ । शुक्रबार सार्वजनिक दिनेश श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरलाई हालसम्म ४७ हजार बढीले हेरेका छन् । राजेश भदौको पहिलो साता नेपाल फर्कने बुझिएको छ । ‘सकुन्तला’ भदौ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV