चलचित्र प्राविधिक संघका पुर्व अध्यक्ष मनोज केसीले पहिलो पटक म्युजिक भिडियो अवार्डको आयोजना गर्दैछन् । सेप्टेम्बर अर्थात् भदौ २४ गते युएइको आवुधावीमा आयोजना हुने यो अवार्ड बारे थप जानकारी दिन मंगलबार प्रेसमिट गरिएको थियो । जहाँ आयोजक टिम र संगीतका सर्जकहरु उपस्थित थिए ।

music-video-team

प्रेसमिटमा अवार्ड प्रमुख मनोज केसीले अवार्डको महत्व र गरिमाको विषयमा प्रष्ट्याए । प्राविधिक संघमा हुँदा फिल्म सम्बन्धी अवार्डको आयोजना गरेका मनोजले भने, ‘म पैसा कमाउन भन्दा पनि मलामी कमाउन अवार्डको आयोजना गर्छु । सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम गर्छु ।’ संगीक्षा फिल्मस्का अध्यक्ष समेत रहेका केसीले आफुले गर्ने अवार्डमा धाँधली नहुने दाबी गरे । म्युजिक भिडियो अवार्डमा गत वर्षका चर्चित फिल्म, निर्देशक, नायक र नायिका गरी चार जनालाई सम्मान गरिनेछ भने युएइमा बसेर नेपाली संगीतमा लागि पर्ने संगीतकर्मीलाई पनि सम्मान गरिनेछ ।

युएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी यहाँबाट फर्किएपछि अवार्डको प्रचार र तयारीमा जुट्ने बताए भने सदस्य महेश गिरीले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए । अवार्ड संयोजक बैकुण्ठराज पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

For More videos Log on to Mazzako TV