रेखाले भनिन्, ‘सविनको प्रस्तावलाई अस्विकार गर्न सकिंन’ : ‘हिरो रिटन्र्स’ औपचारिक घोषणा
केही वर्षदेखि होम प्रोडक्सनका फिल्महरुमा मात्रै अभिनय गर्दै आइरहेकी नायिका रेखा थापा यस वर्ष भने बाहिरी ब्यानरका फिल्महरुमा व्यस्त देखिएकी छिन् । ‘पलाँस’ को सुटिङ सकाएकी रेखाले नायक सविन श्रेष्ठले निर्माण गर्ने फिल्म ‘हिरो रिटन्र्स’ पनि खेल्ने सहमती जनाएकी छिन् ।
रेखासँगै फिल्म ‘अन्दाज’ बाट चार वर्ष अगाडी डेव्यु गरेका नायकले बनाउने लागेको पहिलो फिल्ममा खेल्न रेखा किन राजी भइन् त ? मंगलबार आयोजित फिल्म ‘हिरो रिटन्र्स’ को प्रेसमिटमा रेखाले यसको राज खोलिन् । ‘सविनले मलाई यसरी प्रस्ताव गर्यो किन मैंले अस्विकार नै गर्न सकिंन’ रेखाले भनिन्, ‘सविनको फिल्ममा मेरो भूमिका पनि फरक हुनेछ ।’ आशिष भेटवालले निर्देशन गर्ने फिल्ममा रेखा र सविन मुख्य भूमिकामा प्रस्तुत हुनेछ । यो जोडी अभिनित यस अघिका फिल्महरुलाई दर्शकले रुचाएका छन् । चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको संयुक्त निर्माण रहने फिल्ममा रेखा र सविनसँगै अभिनेता सरोज खनाल, दिल श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ ।
मदन कस्यप घिमिरेको सिनेम्याटोग्राफी रहने ‘हिरो रिटन्र्स’ मा टंक बुढाथोकी र दीपक शर्माको संगीत रहनेछ भने द्धन्द्ध निर्देशन चन्द्र पन्तले गर्नेछन् । कोरियोग्राफी कविराज गहतराजको रहनेछ । नमराज शर्मा फिल्मका मुख्य सहायक निर्देशक हुन् । भदौ १ गतेदेखि छायाँकन सुरु हुने फिल्मलाई काठमाण्डौं र हेटौंडामा खिचिनेछ । ‘हिरो रिटन्र्स’ को प्रदर्शन मिति आउँदो सालको नयाँ वर्षलाई राखिएको छ ।
सान थापाको डिजाइनमा ‘हिरो रिटन्र्स’ को फस्ट लुक
For More videos Log on to Mazzako TV