अन्ततः नायक अनमोल केसीले आफ्नो पाँचौ फिल्ममा पनि नयाँ नायिकासँग रोमान्स गर्ने भएका छन् । उनले अभिनय गर्ने नयाँ फिल्म ‘कृ’ का लागि मोडल अदिती वुढाथोकी पक्का भएकी छिन् ।

anmol-aditi-for-kri

२० लाख पारिश्रमिक लिएर फिल्म ‘कृ’ खेल्ने सम्झौता गरेका अनमोलको लागि निर्माण पक्षले नव नायिकाको खोजी गरेको थियो । नायिकाका लागि ३० जनाले निवेदन दिएका थिए । जस मध्येबाट दश जनालाई छानेर अडिसन लिइएको थियो । दश जनाको अडिसनबाट अनमोलको अपोजिटमा अदिती छानिएकी हुन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘कृ’ लाई द् सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका श्री पराजुली सह–निर्माता हुन् । ‘कृ’ को छायांकन माघबाट सुरु हुनेछ । फिल्मकै लागि अहिले नायक अनमोल केसी नृत्य र द्धन्द्धको तालिम लिइरहेका छन् ।

For More videos Log on to Mazzako TV