सञ्चारकर्मी कुमार आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर आइतबार साँगामा फिल्म ‘बर्दी’ को प्रेसमिट गरे । उक्त प्रेसमिटका लागि राजधानीबाट कलाकार तथा सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । कलाकारको टिमबाट रुपा खनाल, कुशल थापा, भानु प्रताप लगायत थिए । प्रमुख अतिथि सहित उनीहरुले फिल्मको अडियो लञ्च गरे ।

bardi-audio-lunch1

अडियो लञ्चपछि अतिथिहरुले फिल्मलाई सफलताको शुभकामना दिए । कलाकारको तर्फबाट कुशल थापाले आफ्नो मन्तव्य दिए भने उनी पछि नायिका रुपा खनाललाई आफ्नो भनाई राख्न कार्यक्रम सञ्चालक नरेश भट्टराईले आग्रह गरे । दर्शक दिर्घामा बसेकी रुपा आफ्नो नाम आउनु पहिल्यै कानमा फोन राखेर बाहिर निस्किइन् । नरेशले दुई पटक उनको नाम बोलाए तर रुपा फर्किइनन् । उनी कार्यक्रम नसक्दै त्यहाँबाट बाहिरिइन् । आखिर नायिका कार्यक्रम नसकिंदै कोसँग कहाँ गइन् त ? निर्माता आचार्यले पनि आफुलाई कुनै जानकारी नभएको बताए ।

For More videos Log on to Mazzako TV