मेलिना मानन्धरलाई ७ प्रश्न : भन्छिन्, ‘मलाई ब्रत बस्ने प्रेसर छैन’
साउनमा हिन्दू नारीहरु प्रत्येक सोमबार ब्रत बस्ने गर्दछन् । पतिको दिर्घायुको लागि ब्रत बस्नुपर्ने विश्वास रहि आएको छ । अभिनेत्री मेलिना मानन्धरसँग हामीले साउनको सोमबारे ब्रतका विषयमा सात प्रश्न राखेका छौ :
१.तपाईं साउनको ब्रत बस्नुहुन्छ ?
नाईं म त बस्दिंन । अहिलेसम्म बसेको छैन ।
२.किन नि ?
खै सानैदेखि बसिएन । नेवारी कल्चरमा यो साउनको ब्रत बस्ने खासै चलन छैन ।
३.बिबाह त क्षेत्रीसँग भयो, अहिले पनि बस्नुहुन्न ?
बिहेपछि पनि ब्रत बसको छैन । बच्चा भएर पनि बस्न गाह्रो भएको होला । ब्रत बस्ने दिन चोखनिद चाहि गर्छु ।
४.श्रीमान, सासुले ब्रत बस् भन्नुहुन्न ?
अहिलेसम्म भन्नु भएको छैन । सासु चाहि बस्नुहुन्छ । तर मलाई ब्रत बस्न प्रेसर छैन ।
५.साउनको ब्रत श्रीमानको दिर्घायुको लागि भन्छन्, तपाईं के भन्नुहुन्छ ?
होला । तर दिर्घायु त हेरचाह गर्यो भने पोे होला त । श्रीमतीको लागि पनि त श्रीमानले दिर्घायुको कामना गरे हुन्छ नि !
६.तपाईंको छोरीलाई चाहिं ब्रत बस् भन्नुहुन्छ कि नबस् भन्नुहुन्छ ?
हामी केही पनि भन्दैनौं । उसलाई जे लाग्छ त्यही गर्छ । फेरी अहिले ब्रत बस्ने बेला पनि भएको छैन ।
७.श्रीमान (नायक मुकेश ढकाल) अमेरिकामा हुनुहुन्छ, कत्तिको मिस गर्नु हुन्छ ?
मिस त धेरै नै गर्छु नि । त्यति टाढ हुनुहुन्छ । मलाई काममा पनि धेरै सघाउनु हुन्थ्यो । अहिले गाह्रो भैरहेको छ ।
प्रस्तुती : उत्सव रसाईली
For More videos Log on to Mazzako TV