‘वीर विक्रम’ नायिका दिया पुनको पोर्चुगलमा यस्तो रुप
लण्डनमा बस्दै आएकी दिया पुन फिल्म ‘वीर विक्रम’ मार्फत नायिका भएकी छिन् । तीन नायकहरु दयाहाङ राई, अर्पण थापा र अनुपविक्रम शाहीसँग दियाले रोमान्स गरेकी छिन् । पहिलो फिल्ममा दियाले नायकहरुसँग कुन हदसम्म रोमान्स गरेकी छिन्, त्यो भदौ ३ गते नै थाहा होला ।
तर, मज्जाको अनलाइन डटकमलाई भने दियाको रोमान्टिक तस्बिर प्राप्त भएको छ । त्यो पनि रिलको होइन रियलको । लण्डनकी व्यापारिक घरानाकी छोरी केही दिन पहिलो ‘होलिडे’ मनाउन पोर्चुगल गएकी थिइन् । होलिडेमा परिवारका सदस्यहरु उनको साथमा थिए । सार्वजनिक तस्बिरमा दिया कै सेक्सी देखिएकी छिन् । निर्देशक मिलन चाम्सका अनुसार दिया ‘वीर विक्रम’ प्रचारका लागि अगस्टको पहिलो साता नेपाल आउनेछिन् ।
For More videos Log on to Mazzako TV