निर्देशक समाजमा सुचित्राको नेतृत्व : पहिलो पटक अध्यक्ष पदमा महिला
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा पहिलो पटक महिला उम्मेरद्वार विजयी भएका छन् । शनिबार सम्पन्न ११ औं साधारण सभापछि भएको निर्वाचनमा सुचित्रा श्रेष्ठले आफ्नो पक्षमा ६९ मत ल्याउँदै श्रेष्ठ अध्यक्ष पदमा विजयी भइन् । उनका प्रतिस्पर्धी राजु केसीको पक्षमा ३४ मत खसको थियो । महा सचिवमा पदमा गोपालचन्द्र लामिछाने निर्विरोध चुनिए ।
यस्तै समाजको उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाको पक्षमा सर्वाधिक ८३ मत खस्दा दिपकले ४९ मत ल्याएर विजयी भए । सचिव पदमा शेखर खनाल विजयी भएका छन् भने कोषाध्यक्ष पदमा विश्वमणी घिमिरे आएका छन् । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी (४७) विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । यसअघि नै निर्विरोध चयन भईसकेका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो ।
For More videos Log on to Mazzako TV