नारीको पक्षमा उभिए महानायक राजेश हमाल : ‘सकुन्तला’ ट्रेलर रिलिज
महानायक राजेश हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्म ‘सकुन्तला’ को ट्रेलर सार्वजनिक गरिएको छ । साढे दुई मिनेट लामो ट्रेलर गहकिला संवाद, संवेदना र द्धन्द्धका दृश्यले भरिपूर्ण छ । यसअर्थ ट्रेलर मसालेदार भन्न सकिन्छ । महानायक हमाल ‘सकुन्तला’ को ट्रेलरमा नारीको पक्षमा उभिएका छन् । ट्रेलर हेर्नुस् :
दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘सकुन्तला’ मा महानायक हमालसँगै किशोर खतिवडा, अनु शाह लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म भदौ १० गतेदेखि अल नेपाल प्रदर्शनमा आउनेछ । यसै साता अमेरिका उडेका महानायक हमाल ‘सकुन्तला’ रिलिज पुर्व नेपाल फर्कनछन् ।
For More videos Log on to Mazzako TV