महानायक राजेश हमाल यसै साता अमेरिका उडेका छन् । त्यहाँका विभिन्न शहरमा आयोजना हुने सम्मान तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन महानायक हमाल अमेरिका उडेका हुन् । फरक भूमिकामा प्रस्तुत भएको फिल्म ‘सकुन्तला’ रिलिजको एक महिना अगाडी अमेरिका उड्दा कतै महानायकको प्रचार प्रसारमा असहभागिता त रहने होइन भन्ने शंका उत्पन्न भएको छ ।

rajesh-hamal-dinesh-shrestha

‘सकुन्तला’ को प्रचार प्रसारमा महानायकको सहभागीलाई शंका नगर्न आग्रह गर्दै निर्देशक दिनेश श्रेष्ठले भदौको पहिलो सातासम्म उनी नेपाल आउने बताए । निर्देशक श्रेष्ठ भन्छन्, ‘दाईले प्रचारमा सहभागी हुन्छु भन्नु भएको छ । फिल्म प्रदर्शनको केही साता अगाडी उहाँ नेपाल आउनु हुन्छ ।’ भदौ १० गतेदेखि प्रदर्शनमा आउने ‘सकुन्तला’ लाई लिएर महानायक निकै नै उत्साहित रहेको समेत उनले बताए । केही घण्टामा ट्रेलर रिलिज गर्ने तयारीमा रहेका निर्देशकले फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने समते विश्वास व्यक्त गरे । ‘सकुन्तला’ मा महानायक सहित किशोर खतिवडा, अनु शाह लगायत कलाकारहरुको अभिनय रहेको छ । महानायकसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV