कमलपोखरीमा दयाहाङ र ऋचाको भेट : ‘लुट २’ यसरी हुँदैछ सुट (फोटो फिचर)
ब्लकबस्टर फिल्म ‘लुट’ सिक्वेलको यतिबेला राजधानीमा छायाँकन भैरहेको छ । छायाँकनको दोश्रो दिन बिहिबार निर्देशक निश्चल बस्नेत कमलपोखरीस्थित बिग मुभिजको ग्राउण्ड फ्लोरमा एक्सन कटमा व्यस्त थिए । अभिनेता दयाहाङ राई र नायिका ऋचा शर्मा टेक दिइरहेका थिए ।
बुझिए अनुसार सोही दृश्यमा दयाहाङ र ऋचाको भेट हुन्छ । त्यसपछि के हुन्छ ? फिल्म नै हेर्नुपर्ला । माधव वाग्ले र नरेन्द्र महर्जनको संयुत्त लगानी रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा, सुशिलराज पाण्डेको अभिनय रहेको छ । फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् । ‘लुट २’ छायाँकनका केही तस्बिहरु यस्ता छन् ।
For More videos Log on to Mazzako TV