नायिका सुस्मा कार्की पछिल्लो समय एक्सन कटबाट फुर्सदमा छिन् । सुस्मा अभिनित पछिल्लो फिल्म ‘चलेछ बतास सुस्तरी’ प्रदर्शनमा आएका थियो । जुन फिल्मले आशातित राम्रो व्यापार गर्न सकेन । एकाध म्युजिक भिडियो र तीज गीतमा कम्मर मर्काइरहेकी सुस्मा आखिर के गर्दैछिन् त हिजोजाज ?

susma-karki-with-childrens2

‘बच्चाहरुसँग बसिबियाँलो गर्दैछु’ सुस्माले मज्जाको अनलाइन डटकमसँग भनिन्, ‘खाली समय बच्चाहरुसँग रमाउँछु । उनीहरुसँग बस्दा आनन्द लाग्छ ।’ कपनको एक अनाथ गृहमा बस्दै आइरहेका बालबालिकाहरुसँग सुस्माले लामो समयदेखि आफ्नो खाली समय बिताउँदै आइरहेकी छिन् ।  उनले त्यहाँ झण्डै दुई दर्जन बालबालिकाहरुलाई स्टेशनरीका सामाग्री र बेलाबेलामा खानेकुरा पनि दिदैं आइरहेकी छिन् । फिल्म नगरीमा सेक्सी नायिकाको छवि बनाएकी सुस्माको यो समाज सेवा हालसम्म बाहिर भने आएको थिएन ।

For More videos Log on to Mazzako TV