दीपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको तेश्रो फिल्म ‘छक्का पञ्जा’ आउँदो भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । दिपाश्री आफैंले निर्देशन गरेको यो फिल्म सफल हुनुपर्ने चनौती छ । यही चुनौतीलाई पार लगाउन दिपक र दीपाश्री प्रदर्शनको डेढ महिना अगाडी नै प्रचार प्रसारमा जुटेका छन् ।

deepak-deepa1
‘हामी यही हप्ताबाट प्रचार प्रसार सुरु गर्यौं’ एक भेटमा दिपाश्रीले भनिन्, ‘फिल्म त चलाउनै पर्यो । धेरै भन्दा धेरै दर्शकलाई हाम्रो फिल्म लाग्ने मिति थाहा होस् भन्ने हाम्रो चाहना हो ।’ दिपक र दीपाश्री कमेडी टेलिफिल्म र मिडियामा पुगेर आफ्नो फिल्मको प्रचार गरिरहको छन् । उसो त ‘छक्का पञ्जा’ का सार्वजनिक दुई वटा गीतहरुलाई युट्युवमा गतिलो भ्युअर्सको साथ मिलिरहेको छ भने ‘पूर्व पश्चिम रेल’ बोलको गीत आम दर्शकमाझ हिट भैरहेको छ । गीत हेर्नुस्  :

कमेडी भनिएपनि मुल कथा सस्पेन्स नै राखिएको ‘छक्का पञ्जा’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई छायाँकार पुरुषोत्तम प्रधानले खिचेका हुने भने संगीत राजनराज सिवाकोटी र दिपक शर्माको रहेको छ ।

For More videos Log on to Mazzako TV