ब्रेकअप पिडालाई भुल्दै यसरी मुस्कुराइन् जेनिशा केसी (फोटो फिचर)
नायिका जेनिशा केसी अभिनित पछिल्लो फिल्म ‘एक पल’ साउन २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । सो फिल्मकी सोलो हिरोइन जेनिशाको व्यस्तता यतिबेला सोही फिल्मको प्रचार प्रसारमा बढिरहेको छ । नयाँ नायकसँग रोमान्स गरेकी जेनिशालाई ‘एक पल’ ले राम्रै गर्ने आशा छ । जे होस् मज्जाको टिभीसँगको कुराकानीमा जेनिशा मज्जैसँग खुलेकी छिन्, जुन भिडियोलाई हामी केही दिनमा अपलोड गर्नेछौं ।

मज्जाको टिभीसँगको कुराकानीमा जेनिशाले आफ्ना केही व्यक्तिगत विषयको पनि खुलासा गरेकी छिन् । घुमाउरो शैलीमा जेनिशाले आफ्नो ब्रेकअप भएको खुलाइन् । कोसँग, कहिले भयो त जेनिशाको ब्रेकअप ? उनले खुलाउन चाहिनन् । तर, यति मात्रै भनिन्, ‘भो विगतका ती पलहरुलाई नकोट्याउँ ।’

बुझिए अनुसार विगत २ वर्षदेखि प्रेम सम्बन्धम रहेकी जेनिशाको केही महिना अगाडी मात्रै ब्रेकअप भएको हो । विवाह समेत गर्ने मनस्थितिमा पुगेकी जेनिशाको उक्त युवासँग किन भयो त ब्रेक अप ? ‘खै म पनि त्यही पत्ता लगाउँदै छु’ जेनिशाले छोटकरीमा भनिन् ।

जे होस् ब्रेकअपको पिडामा रहेकी जेनिशाले मज्जाको अनलाइन डटकमको क्यामेरामा भने खुलेर मुस्कान दिइन । उत्सव रसाईलीको क्यामेरामा कैद भएकी जेनिशाको हामीले मज्जाका पाँच तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।










