लोभी केकी ! (मज्जाको भिडियो सहित)
केकी अधिकारी आफ्नो पात्रमा भिजेर अभिनय गर्ने नायिका मध्ये एकमा पर्न आउँछिन् । भलै उनी अभिनित फिल्महरु व्यावसायिक रुपमा असफल हुन् । तर उनले फिल्ममा निभाएको भूमिकाबाट स्यावासी पाइरहेकी छिन् ।

केही महिना अगाडी फिल्म ‘लभ सासा’ को सुटिङ सकाएकी केकी अभिनेता रमेश उप्रेतीले निर्माण गर्ने फिल्म ‘ऐश्वर्या’ मा अनुबन्धित भएकी छिन् । हालसम्म विभिन्न भूमिकामा प्रस्तुत हँदै आएकी केकीलाई अब चाहिं कस्ता भूमिकामा देखिन मन होला त ? केकी भन्छिन्, ‘एउटा कलाकार भएपछि सबै खालको चरित्र निभाउने लोभ हुन्छ । ऋचा दिदी (शर्मा) ले गरेको र प्रियंकाले गरेको जस्तो भूमिका मैंले पनि गर्न पाउँ भन्ने हुन्छ ।’ ‘ऐश्वर्या’ को सुटिङ तालिका पर्खिरहेकी केकी र ‘लुट २’ को छायाँकनमा व्यस्त नायिका ऋचा शर्मासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :








