महानायक राजेश हमालले निर्देशक मिलन चाम्स निर्देशित पहिलो फिल्म ‘हँसिया’ मा अभिनय गरेका थिए । ‘हँसिया’ रिलिज भएकै छेकोमा बिहे समेत गरेका हमालको निर्देशक चाम्सँग मज्जाकै दोस्ती छ ।

milan-chams-and-rajesh-hamal-1

चाम्सले निर्देशन गरेको दोश्रो फिल्म ‘वीर विक्रम’ मा महानायकको अभिनय छैन । तर आफुसँग मिल्ने निर्देशकले निर्देशन गरेको दोश्रो फिल्मलाई महानायकले सफलताको शुभकामना दिएका छन् । अमेरिका उड्नु अगाडि महानायक हमालले भनेका छन्, ‘मेरो मित्र तथा मलाई मन पर्ने निर्देशक मिलन चाम्स, जसको ‘हँसिया’ मा पनि मैंले काम गरेको थिएँ । उहाँको पछिल्लो फिल्म ‘वीर विक्रम’ यही भदौ ३ गतेदेखि रिलिज हुँदैछ । कृपय सबैजना गएर इञ्जोय गर्नुहोला ।’ ‘वीर विक्रम’ को सुमधुर गीति भिडियो हेर्नुस् :

फिल्ममा अभिनय गरेका कलाकारको सोचे जस्तो साथ नपाइरहेको बेला महानायकको यस प्रकारको आग्रहले निर्देशक चाम्सलाई केही हदसम्म भएपनि उर्जा मिल्न गएको छ । ‘वीर विक्रम’ मा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नव नायिका दीया पुन र कलाकार नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । फिल्मले सम्पन्न विदेशका शोहरुबाट उत्साहप्रद प्रतिक्रिया पाएको छ ।

For More videos Log on to Mazzako TV