‘झुम्की’ सर्दा महानायकको ‘सकुन्तला’ सोलो
महानायक राजेश हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्म ‘सकुन्तला’ ले सोलो रिलिजको मौका पाएको छ । भदौ १० गते अब महानायकको फिल्म मात्रै प्रदर्शनमा आउनेछ । यसअघि सोही मितिमा प्रदर्शनमा आउने भनी प्रचार गरिएको फिल्म ‘झुम्की’ पर सरेको छ ।
‘झुम्की’ असोज ७ गतेदेखि प्रदर्शनमा आउने निर्देशक अपिल विष्टले बताए । फिल्ममा दयाहाङ राई, मलिना जोशी र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘सकुन्तला’ मा भने महानायक हमालसँगै नायक किशोर खतिवडासँगै नायिका अनु शाहको अभिनय रहेको छ । महानायक हमालले नारी भेषमा मज्जाको टिभीसँग गरेको मज्जाको गफगाफ हेनुस् :