निर्देशक दिनेश राउत, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले तेश्रो पटक एकसाथ काम गर्ने भएका छन् । प्रि-प्रोडक्सन चल्दै गरेको एक अनटाइटल फिल्मका लागि दिनेश, आर्यन र नम्रताले टिमअप गरेका हुन् ।

aryan-namrata-dinesh-subash

                 दायाँबाट क्रमशः निर्माता सुवास गिरी, दिनेश, नम्रता र आर्यन । 

आर्यन र यसअघि ‘कलिउड’ फिल्म निर्माण गरेका विष्णु कार्कीले संयुक्त रुपमा निर्माण गर्ने फिल्म रोमान्टिक लभ स्टोरीमा आधारित हुने बुझिएको छ, जसको छायाँकन थाइल्याण्डमा हुनेछ । स्क्रिप्टिङ भैरहेको फिल्मको छायाँकन भदौदेखि सुरु गर्ने योजना छ । फिल्महरु ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ मा निर्देशक राउत, नायक सिग्देल र नायिका श्रेष्ठले टिमअप गरेका थिए । यो टिमको फिल्मलाई दर्शकलाई रुचाउँदै आइरहेका छन् । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘मेरो एउटा साथी छ’ मा आर्यन र नम्रताले पहिलो पटक जोडी बाँधेका थिए ।

For More videos Log on to Mazzako TV