डा.गोविन्द केसीलाई रेखा, केकी र ऋचाको समर्थन
स्वास्थ्य सेवामा सुधारको माग राख्दै विगत १३ दिनदेखि आमरण अनशन बस्दै आइरहेका डा.गोविन्द केसीलाई तीन नेपाली नायिकाहरुले भेट गरेका छन् ।
नायिकाहरु रेखा थापा, केकी अधिकारी र ऋचा शर्माले शुक्रबार डा.केसीलाई भेट गरेका हुन् । टिचिङ अस्पतालमा पुगेर यी तिन नायिकाहरुले डा.केसीले उठाएका मागहरुमा आफ्नो पनि समर्थन जनाए र सर्वसाधरणलाई पनि डा.केसीको अभियानमा साथ दिन आव्हान गरे ।
डा.केसीलाई भेटेपछि रेखा, केकी र ऋचाले सामाजिक सञ्जालमा स्टाटस तस्बिर पोस्ट गरेका छन् । उनीहरुले सरकारसँग पनि डा.केसीको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।