दियाको नजिक हुँदै अनुपविक्रम (वीर विक्रम नयाँ गीत)
भदौ ३ देखि प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम’ को अर्को नयाँ गीति भिडियो रिलिज भएको छ । दयाहाङ राई र दिया पुनको ‘सारे सारे’ पछि दिया र अनुपविक्रम शाही फिचरिङ ‘नजिक हुँदैछु’ बोलको गीति भिडियो रिलिज भएको हो । भिडियो यस्तो छ :
तारा प्रकाश लिम्बुको संगीत र निर्देशक दिनेश राउतको शब्द रहेको गीतको भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् । राम केसी फिल्मका सिनेम्याटोग्राफर हुन् । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ मा दयाहाङ, दिया र अनुपसँगै अर्पण थापा, नाजिर हुसेन, शिशिर राणा, बसन्त भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
चाम्स ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, भेनुसरा राई लगानीकर्ताको रुपमा रहेका छन् ।