अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ आज (असार ७ गते) देखि अल नेपाल रिलिज भएको छ । अभिनेत्री तथा निर्मात्री केसीको जानकारी अनुसार उनको फिल्मले राजधानी तथा मोफसल गरी ७५ वटा हलहरु पाएको छ । श्रीराम महत निर्देशित फिल्ममा नव नायक आकाश श्रेष्ठ र नव नायिका ज्योत्सना योगी मुख्य प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

ma-ta-timrai-hun-poster.docx

अभिनेता भुवन केसीसँग छुट्टिएपछि सुस्मिता आफैंले पहिलो पटक ‘म त तिम्रै हुँ’ निर्माण गरेकी हुन् । पारिवारीक फिल्ममा सुस्मिताको पनि महत्वपूर्ण भूमिका रहेको छ । सुस्मिताको फिल्ममा छोरा अनमोल केसी निर्माताको रुपमा रहेका छन् । यसअघि पुर्व पती भुवनलाई फिल्म निर्माणमा साथ दिदैं आएकी सुस्मिताले निर्माण गरेको ‘म त तिम्रै हुँ’ सफल हुनुपर्ने चुनौती छ । के सुस्मिता यसमा सफल होलिन् ? प्रतिक्षा गरौं । सुस्मिताको फिल्मलाई सफलताको शुभ कामना । ‘म त तिम्रै हुँ’ युनिनसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV