‘कसैसँग मिल्दैन वीर विक्रम’ : दयाहाङ र निर्देशक चाम्स
भदौ २ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम’ लाई निर्देशक मिलन चाम्सले ‘अर्गानिक’ भनी व्याख्या गरेका छन् । सार्वजनिक प्रोमोलाई टिप्पणी गर्दै यसअघि प्रदर्शनमा आएका फिल्महरुसँग मेल खान जान सक्ने अड्कललाई लिएर निर्देशक चाम्सले भने, ‘यो पूर्ण रुपमा अर्गानिक फिल्म हो । बाँकी उत्तर भदौ ३ पछि दिन्छु ।’
बिहिबार राजधानीमा आयोजना गरिएको फिल्म ‘वीर विक्रम’ को अडियो सार्वजनिक कार्यक्रममा निर्देशक चाम्सले आफ्नो फिल्म अर्गानिक रहेको बताएका हुन् । यस्तै अभिनेता दयाहाङ राईले आफ्ना यसअघिका फिल्महरु ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ भन्दा ‘वीर विक्रम’ फरक रहेको बताए । उनले भने, ‘यस्मा पनि प्रेम छ तर प्रेम गर्ने तरिका फरक छ । ‘वीर विक्रम’ मेरो अघिल्ला फिल्म जस्तो देखिनु मेरो कारणले गर्दा हुन सक्छ । तर फिल्म हेरेपछि यो असत्य सावित हुन्छ ।’
यस्तै कलाकारहरु अर्पण थापा, अनुपविक्रम शाही र नाजिर हुसेनले ‘वीर विक्रम’ राम्रो बनेको भन्दै दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरे । तीन गीतहरु समावेश फिल्ममा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् भने कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छिन् ।
फिल्ममा दिया पुन सोेलो हिरोइनको रुपमा प्रस्तुत भएकी छिन् । उनी फिल्म प्रचारको लागि लण्डनबाट छिट्टै नेपाल आउनेछिन् । याम थापाको लेखन रहेको ‘वीर विक्रम’ लाई निर्माण पनि निर्देशक चाम्सले नै गरेका हुन् । उनले यसअघि ‘हँसिया’ फिल्मको निर्माण तथा निर्देशन गरेका बथिए ।
For More videos Log on to Mazzako TV