सुपरहिट फिल्म ‘चपली हाईट’ को सिक्वेल ‘चपली हाईट २’ ले प्रदर्शन पुर्व नै आफ्नो लगानी सुरक्षित गरेको छ । निर्माता अर्जुन कुमारको दाबी अनुसार ‘चपली हाईट २’ ले देशभरबाट एक करोड माथि रकम प्राप्त गरिसकेको छ । प्रचार प्रसार सहित फिल्मको लागत एक करोड नजिक रहेको निर्माताले दाबी गरेका छन् ।

chapali-height2-poster.docx

यस्तै ‘चपली हाईट २’ को विदेशमा पनि माग भैरहेको निर्माताले बताएका छन् । नेपालय ईभेन्टस्ले अष्ट्रेलियामा खरिद गरिसकेको ‘चपली हाईट २’ को जापान, हङकङ, कोरिया लगायत मुलुकमा प्रदर्शनको प्रक्रिया चल्दैछ । भदौ २ मै अष्ट्रेलियामा हुने शोमा निर्देशक दिपेन्द्र के खनाल र निर्माता अर्जुन कुमार सहभागी हुनेछन् । विदेशबाट आएको रकम निर्माण टिमलाई नाफाको रहनेछ । गीत हेर्नुस् :

शहरिया युवा पुस्ताको दैनिकीलाई मुख्य कथा बनाइएको फिल्म ‘चपली हाईट २’ मा आयुष्मान जोशी, मरिस्का पोखरेल, परमिताराज्य लक्ष्मी राणाको मुख्य भूमिका रहेको छ । फिल्म भदौ २ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV