रोज राणा भन्छन्, ‘जय परशुरामले आगो बाल्छ’
आफुले निर्माण गरेका केही फिल्महरुमा अभिनय गर्दै आइरहेका रोज राणाले आफ्नो ७ औं भेन्चरमा भने निर्देशनको अभिभारमा पनि लिएका छन् । निर्माता तथा निर्देशक राणाको ‘जय परशुराम’ मा नायक विराज भट्ट मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
पाँच वर्षपछि नेपाली फिल्मको अभिनयमा फर्किएका विराज र पहिलो पटक निर्देशनको मैदानमा उत्रिएका रोज दुवैका लागि ‘जय परशुराम’ अग्नि परिक्षाको रुपमा उभिएको छ । तर, यो परिक्षा सहजै रुपमा कट्ने निर्देशक तथा निर्माता राणाको विश्वास छ ।
‘जय परशुराम’ ले साउन २८ गते के गर्छ त ? रोजको दाबी छ, ‘आगो बाल्छ । बम ब्लास्ट गर्छ ।’ उनको मतलब फिल्मले वम्परको व्यापार गर्छ । निष्ठावान् पुलिस अफिसरको कथा भन्ने फिल्म ‘जय परशुराम’ मा विराजसँगै नायिका निशा अधिकारी र रविन तामाङ मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
For More videos Log on to Mazzako TV