रिमालाई लिएर युकेमा खिचियो ‘ब्ल्याक समर’
विदेशी भूमिमा नेपाली फिल्मको छायाँकनको क्रम बढ्दो छ । विदेशमा जम्बो टोली लिएर केही फिल्म युनिट भर्खरै नेपाल फर्किएको छ । यस्तै अर्को एक नेपाली फिल्मको पहिलो चरणको छायाँकन युकेमा सकिएको छ ।
‘ब्ल्याक समर’ नामक फिल्मको छायाँकन युकेमा चालिस प्रतिशत छायाँकन सकिएको छ । नायिका रिमा विश्वकर्मा सहित त्यहाँका स्थानिय कलाकारहरु रितेश राई र अम्बिका राईले अभिनय गरेको यो फिल्मको त्यहाँ चालिस प्रतिशत छायाँकन सकिएको हो ।
एलविएस फिल्म प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘ब्ल्याक समर’ लाई एलवी सुब्बाले निर्देशन गरेका छन् भने क्रियटिभ निर्देशकको रुपमा निर्देशक मिलन चाम्स रहेका छन् । क्यामेरामा प्रतिक दुधराज छन् । फिल्मको बाँकी ६० प्रतिशत छायाँकन सेप्टेम्वरदेखि सुरु हुनेछ ।
For More videos Log on to Mazzako TV